Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

चितवन,जेठ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार प्रतिरोधका क्रममा ढुङ्गा लागेर प्रहरी जवान इसु मियाँ धोबी घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। धोबीको टाउकोमा चोट लागेको आचार्यले बताए।
सो क्रममा बिसी भाग्न सफल भएको र उनका अंगरक्षक वीरबहादुर तामाङलाई पक्राउ गरिएको उनले जानकारी दिए। थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण आउन बाँकी रहेको आचार्यले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.