![]()
काठमाडौं । शुक्रवार पत्रकार ऋषि धमलाको रिपोर्टस क्लबका पुगेका कांग्रेस उपसभापति बिमलेन्द्र निधि आँशु खसार फर्किए । सधैं राजनीतिक गतिविधिमा व्यस्त रहेका निधि बझाङका एक बालप्रतिभाको गीति एल्बम बिमोचन गर्न क्लब पुगेका थिए । उनीसगै कांग्रेस केन्द्रीय सदस्य एनपी साउद, नेबिसंघ अध्यक्ष नैन सिंह महर, बरिष्ठ कलाकार नीर शाह पनि रिपोर्टस क्लब पुगेका थिए ।
रमाइलोसंग चलिरहेको एलबम बिमोचनको माहोल एकाएक भावुकतामा परिणत भयो । जब बालकलाकार कृष्ण बिकले आफना संघर्षका कथा मञ्चमा भन्न थाले सबैका आँखामा आँशु भरियो । यतिसम्मकी उपसभापति निधि र केन्द्रीय सदस्य साउद पनि पटक–पटक आँशु पुछिरहेका देखिन्थे ।
बझाङका अति विपन्न तथा दलित परिवारका प्रतिभा बि कको पहिलो गीत एलबम ‘झल्को’ को नेता निधिले बिमोचन गरेका थिए । बिमोचन कार्यक्रममा गायक बिकले पाँच बर्षकै उमेरबाट आफू यो क्षेत्रमा प्रवेश गरेको बताउँदै आफना दुःखका दिनहरु सम्झेका थिए । उनले गाउँका बिद्यालयमा आफुले गीत गाएर प्रथम आउथे र प्राप्त गरेको पैसाले घर परिवारलाई चामल किनेर ल्याउथे, घर व्यवाहर चलाउथे भन्दा मञ्चमा रहेका निधि लगायतका अतिथिहरु भावुक भएका हुन ।
गायक विकले आफनो पहिलो एलबम भएकाले सुनेर सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन ।


