Breaking News.... EverestOnlineKhabar
September 3, 2026

चीनले अति संवेदनशील तथ्यांक ह्याक गरेको अमेरिकी आरोप

Loading

बीबीसी ।अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई)ले चीन सरकारले नौसेनाको ठेकेदारबाट अति संवेदनशील तथ्यांक ह्याक गरेको आरोप लगाएको छ ।

एफबीआईले आवाजको गतिमा उड्ने सुपरसोनिक मिसाईल परियोजनाको जहाजसम्बन्धी सूचना चोरी गरेको दाबी गरेको हो । गत जनवरी र फेब्रुअरीमा तथ्यांकमाथि आक्रमण भएको अमेरिकी सञ्चार संस्था सीबीएस न्युजले जनाएको छ ।

अमेरिकी सेनासँग सम्बन्धित ठेकेदार कम्पनीको तथ्यांक चोरी गरी अमेरिकी सेनाको पनडुब्बी र पानीमुनि प्रयोग गरिने हतियारको अनुसन्धान र विकासमा भएको अध्ययनको तथ्यांक संकलन गरेको आरोप लगाइएको छ ।

रोड आइल्याण्डको न्युपोर्टमा रहेको सैन्य क्याम्पको सुचना चोरी भएको अमेरिकी अधिकारीको दाबी छ । चीनले बनाएको सी ड्रयागन नाम दिइएको पनडुब्बिका लागी अध्ययन भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.