Breaking News.... EverestOnlineKhabar
August 16, 2026

म्याच फिक्सिङको आरोप लागेका पूर्व कप्तान थापासहित ५ जनालाई सफाइ

Loading

काठमाडौं । फुटबलमा फिक्सिङ गरेको आरोप लागेका नेपाली फुटबलरले सफल पाएका छन् । पूर्व कप्तान सागर थापासहित ५ जना खेलाडीलाई विशेष अदालतले सफाइ दिएको हो ।

राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अन्जन केसीलाई अदालतले सफाइ दिएको हो ।

बिहीबार विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, प्रमोद कुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले राज्यविरुद्धको अपराध मुद्दामा उनीहरुलाई सफाइको फैसला सुनाएका हुन् ।

म्याच फिक्सिङको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरी राज्य विरुद्धको अपराध मुद्दा अदालतमा २०७२ साल कात्तिकमा दर्ता गरेको थियो ।

म्याच फिक्सिङ गरेको पुष्टी गर्दै एसियाली फुटबल महासंघ (एएफसी) ले भने उनीहरूलाई आजीवन प्रतिबन्ध लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.