Breaking News.... EverestOnlineKhabar
October 2, 2026

विश्व नम्बर एक सिमोना हलेप फ्रेन्च ओपनको सेमिफाइनलमा प्रवेश

Loading

एजेन्सी । विश्व नम्बर एक सिमोना हलेप फ्रेन्च ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छन् । रोमानियाली खेलाडी सिमोनाले एञ्जेलिक कर्वरलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी हुन् ।

पेरिसस्थित रोलान्ड गार्रोसमा सिमोनाले जर्मनकी कर्वरलाई ६–७(२–७), ६–३ र ६–२ को सेटमा पराजित गरेकी हुन् । पहिलो सेट भने सिमोनाले हारेकी थिइन् तर दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित दर्ता गरेकी हुन् ।

२८ वर्षीया सिमोनाले सेमिफाइनलमा स्पेनकी गार्विन मुगुरुजासँग प्रतिस्पर्धा गर्नेछिन् । मुगुरुजाले मारिया सारापोभालाई ६–२ र ६–१ को सेटमा हराउँदै सेमिफाइनल पुगेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed