Breaking News.... EverestOnlineKhabar
August 15, 2026

कांग्रेसमा खुमबहादुर पत्नी शीलासहित ३ जना केन्द्रीय सदस्य मनोनयन, दमननाथ ढुंगाना महासमिति सदस्य

Loading

काठमाडौ। कांग्रेस सभापति शेरबहादुर देउवाले तीन नेतालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरेका छन् । देउवाले  पार्टीको विधान २०१७  (संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागाई (काभ्रे) र शीला शर्मा खड्का (दाङ्ग) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

यसैगरी, देउवाले पार्टी विधानको धारा ४९(१३)(क) र (ख) बमोजिम दमननाथ ढुंगाना (काठमाडौँ), तीर्थराम डंगोल (काठमाडौँ) र हिरादत्त भट्ट (कैलाली) लाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed