Breaking News.... EverestOnlineKhabar
September 3, 2026

अष्ट्रेलियन क्रिकेटका प्रमुख जेम्सद्वारा पदबाट राजीनामा

Loading

एजेन्सी  । क्रिकेट अस्ट्रेलियाका प्रमुख कार्यकारी जेम्स सदरल्याण्डले राजीनामा दिने घोषणा गरेका छन् । १७ वर्षदेखि क्रिकेट अस्ट्रेलियको प्रमुख कार्यकारीको रुपमा रहँदै आएका जेम्सले राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘पद छोड्नका लागि यो उपयुक्त समय लागेको छ ।’ तर उनले बल–टेम्परिङ्ग काण्डका कारण आफूले राजीनामा भने नदिएको स्पष्ट पारेका छन् ।

बल–टेम्परिङ्ग काण्डले अस्ट्रेलियाली क्रिकेटमा तहल्का मच्चाएको थियो । जसका कारण पूर्व कप्तान स्टीभन स्मिथसहितका तीन खेलाडीमाथि प्रतिबन्ध पनि लाग्यो ।

गएको मार्चमा दक्षिण अफ्रिका भ्रमणको बेला भएको बल–टेम्परिङ्ग काण्डमा दोषी पाइएका पूर्व उप कप्तान डेविड वार्नर र ब्याट्सम्यान क्यामरन बेनक्रोफ्टमाथि पनि प्रतिबन्ध लागेको छ ।

राजीनामाको घोषणा गरेका जेम्स आफ्नो ठाउँ लिने व्यक्ति खोजी हुन्जेल पदमा रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.