Breaking News.... EverestOnlineKhabar
September 3, 2026

प्रचण्डका घरधनी हुन वा नेता ठेकेदार सबैलाई कारवाही हुन्छ : गृहमन्त्री थापा

Loading

काठमाडौं । गृह मन्त्री रामबहादुर थापले समयमा काम सम्पन्न नगर्ने ठेकेदार जो भए पनि कारवाही गरि छाडने अठोट व्यक्त गरेका छन ।
गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले समयमा काम सम्पन्न नगर्ने ठेकेदार जति शक्तिशाली भएपनि कानूनको दायरामा ल्याइ छाडने प्रतिबद्धता जनाएका हुन ।

काम नगर्ने ठेकेरदारमध्ये प्रचण्डका घरभेटी पनि छन् उनलाई कारवाही हुन्छ त ? भन्ने पत्रकारको प्रश्नमा गृह मन्त्री थापाको जवाफ थियो, “सबै ठेकेदार घरधनी नै हुन् । को घरघनी के गर्छन् । सांसद् पनि ठेकेदार होलान् । तर त्यसो भनेर उम्कन पाइँदैन । यो राज्यको अभियान हो । जसले समयमा काम पूरा गर्दैन । राज्यको कानुनको उल्लंघन गर्छन् भने राज्यले त्यसलाई अपराध मान्छ । त्यसलाई कारबाही गर्नुपर्छ । सभासद या कसैको घरधनी भए पनि काम नगरे कारबाही हुन्छ । निमय उल्लंघन गर्ने जो कोही पनि कारवाही पर्छन् ।”

उनले साढे ३३ किलो सुन तस्करी काण्डमा संलग्नहरु एक पछि अर्को पक्राउ परिरहेका र नयाँ तथ्यहरु खुलिरहेको पनि बताएका छन ।

‘माछा मार्न क्रम जारी छ । साना र मझौला माछा परेका छन्’ उनले भने ‘अनु्सन्धान जारी छ । त्यसैले आशा गरौं ठूला माछा पनि पर्न सक्छन् ।’

मन्त्री थापाले विकास निर्माणमा बाधा व्यवधान भए मुलुकको समृद्धिको अभियान पूरा नहुने स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.