Breaking News.... EverestOnlineKhabar
September 3, 2026

अर्जेन्टिनाद्वारा इजरायलसँगको अभ्यास खेल रद्द,मेस्सीको विरोध

Loading

एजेन्सी,जेठ ।
विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले इजरायलसँगको एक मैत्रीपूर्ण खेल रद्द गरेको छ । अर्जेन्टिना र इजरायलबीच विश्वकप अन्तर्गत अभ्यास खेल आगामी शनिबार जेरुसेलममा तय भएको थियो । तर, अर्जेन्टिनाका स्ट्राइकर गोन्जालो ह्युगेनले ईएसपीएन स्पोर्टस् च्यानलसँग मंगलबार कुरा गर्दै इजरायलसँगको खेल स्थगित गरिएको जानकारी दिएका छन् ।
उनका अनुसार गाजामा जारी हिंसाका कारण खेल रद्द गरिएको हो । गाजामा रहेका प्यालेस्टाइनीमाथि इजरायलको व्यवहार गलत भएको भन्दै इजरायलमाथि राजनीतिक दबाव छ ।ह्युगेनले खेल रद्द भएर राम्रो भएको बताएका छन् । अर्जेन्टिनाका सञ्चारमाध्यमले पनि खेल रद्द भएको समाचार प्रसारण गरिरहेका छन् । इजरायली फुटबल एसोसिएसनले भने यसबारेमा आधिकारिक जानकारी दिएको छैन ।
यसैबीच, वेष्ट ब्यांकको रमल्लाहमा प्यालेस्टाइन फुटबल एशोसियसनले लियोनल मेस्सीसहित अर्जेन्टिनी फुटबल टोलीको तस्वीरसहित पोस्टर टाँगेर खेल रद्द गर्न भनेको थियो ।
गत सोमबार एशोसियसनका अध्यक्ष जिबरिल रजोबले अर्जेन्टिना, दक्षिण अमेरिका फुटबल संघ र फिफालाई चिठी लेखेर मैत्रीपूर्ण खेलको विरोध जनाएका थिए । उनले लेखेका छन्ः‘यस खेललाई राजनीतिक रुपमा प्रयोग गरिँदै छ । इजरायल सरकार जेरुसेलममा यो खेल आयोजना गरेर राजनीतिक सन्देश दिन चाहान्छ ।’
उनले अरब र मुस्लिम देशका करोडौं प्रशंसकहरुलाई मेसीको नाम लेखिएको टिशर्ट जलाउनसमेत अपिल गरेका थिए । यसैगरी ७० जना बालबालिकाहरुको एक समूहले मेस्सीलाई पत्र लेखेर इजरायलसँग फुटबल नखेल्न अपिल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.