Breaking News.... EverestOnlineKhabar
October 7, 2026

मन्त्री र कर्मचारीसँग किन असन्तुष्ट भए मुख्यमन्त्री राई….?

Loading

विराटनगर,जेठ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नै क्याविनेटका मन्त्री र कर्मचारीको कार्यशैलीप्रति तिव्र असन्तुष्टि व्यक्त गरेका छन् । मुख्यमन्त्रीको कार्यालय पुगेका संचारकर्मीसँग कुरा गर्दै उनले आफूसँग प्रदेशका अन्य मन्त्री र कर्मचारीको टिम स्पिड नमिलेको गुनासो गरेका छन् ।
प्रदेशको विकास र समृद्धिभन्दा अरू कुनै कुरा आफूले नसोचेको बताउँदै उनले यहाँको क्याविनेट र कर्मचारीतन्त्रका कारण सोचेको जस्तो काम गर्न नसकेको गुनासो गरे । मुख्यमन्त्री राईले कर्मचारीतन्त्रको केन्द्रीकृत मानसिकता कारण समस्या आइरहेको टिप्पणी गरे ।
मुख्यमन्त्री राईले कनिका छरेजस्तो बजेट छरेर नदिने स्पष्ट पार्दै स्थानीय तहमा बजेट पठाउँदा पनि‘एक पालिका एक योजना र एक निर्वाचन क्षेत्र एक योजना’ निर्माण गरी ठोस काम हुने गरी बजेट खर्च गरिने जानकारी दिए ।
प्रदेशका ५६ वटा निर्वाचन क्षेत्रमा पाँच वर्ष भित्रमा ५६ वटा कालोपत्रे, ५६ वटा पक्की पुल निर्माण गरिने र ५० देखि १ सय मेगावाट क्षमताका आयोजना निर्माण गरी १ हजार मेगावाट विद्युत् उत्पादन प्रदेश सरकारले नै गर्ने उनले बताए ।
कृषि, पर्यटन, जलस्रोत र उद्योगधन्दाको विकासलाई नै प्रदेश सरकारले आफ्नो प्राथमिकतामा राखेको र सोही बमोजिम प्रदेशको नीति तथा योजना र बजेट तर्जुमा गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed