Breaking News.... EverestOnlineKhabar
October 3, 2026

भारतीय लडाकू विमान दुर्घटनाग्रस्त, विमान चालकको मृत्यु

Loading

एजेन्सी– भारतीय हवाई सेनाको एक लडाकू विमान पश्चिम भारतीय राज्य गुजरातमा  दुर्घटनामा परेको छ ।  भारतीय हवाई सुरक्षा बलको सो विमान दुर्घटनामा परी विमान चालकको मृत्यु भएको रक्षा मन्त्रालयको समाचार स्रोतले जानकारी दिएको छ ।

जामनगर वायु शिविरबाट उडान भरेको केही मिनेटमा नै सो दुर्घटना भएको बताइएको छ । गुजरातको स्थानीय अदालतले यस दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ ।  विमानमा रहेका एकजना विमान चालकको मृत्यु भएको छ । उनको नाम सञ्जय चौहान रहेको अधिकारीहरुले जनाएका छन् ।

यस वर्षमा भारतीय हवाई बलका विमान पटक पटक दुर्घटनामा परेका छन । गत अप्रिलमा उत्तराखण्ड राज्यमा एम १७ हेलिकोप्टर दुर्घटना भएको थियो तर यसमा सवार भएका ६ जना यात्रु नै बाँचेका थिए ।

त्यसैगरी भारतको पूर्वी राज्य उडिसामा गत मार्चमा एक विमान दुर्घटना भएको र यसमा विमान चालक घाइते भएका थिए । गत फेब्रुअरीमा भारतीय उत्तरपूर्वी राज्य असामको मजुली द्वीपमा वायु बलको एक हेलिकोप्टर दुर्घटना हुँदा दुई जना चालकको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed