Breaking News.... EverestOnlineKhabar
October 3, 2026

ट्यूनिसियामा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना, ४८ जनाको मृत्यु

Loading

बीबीसी । अफ्रिकी मुलुक ट्यूनिसियामा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना हुँदा ४८ जनाको मृत्यु भएको छ । दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परेका ६७ जनाको उद्दार गरिएको छ ।

ट्यूनिसियाको स्फाक्स प्रान्तको सामुद्रिक तट नजिकै आप्रवासी शरणार्थी चढेको डुंगा डुब्न थालेपछि सहयोगका लागि चिच्चाइरहेका यात्रुहरूलाई तत्कालै ट्यूनिसियाको नौसेना तथा राष्ट्रिय सुरक्षा गार्डले उद्धार गरेको थियो ।

पछिल्लो समयमा शरणार्थीहरु ट्युनिसियाको बाटो हुँदै अवैध रुपमा युरोप जाने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed