![]()
हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र मधेसका नाममा आन्दोलन गरिरहेका, क्रान्तिका नाममा हिंसात्मक आन्दोलन गरिरहेका र सरकारलाई तानाशाही भएको भन्ने पक्षका व्यक्ति र संस्थालाई चेतावनी दिएका छन्।
प्रदेश ३ को प्रदेशसभामा सम्बोधन गर्दै ओलीले देश विकासको चरणमा गएको भन्दै त्यसमा बाधा हाल्ने कुनै क्रियाकलाप पनि सह्य नहुने बताएका छन्। उनले मधेसमा आन्दोलनरत सिके राउत लगायतका व्यक्तिहरूले चालिरहेको देशविरोधी कदम भन्दै त्यसलाई अनुचित रहेको बताएका छन्। उनले देशमा जनताको शासन आइसकेकोले अब कुनै पनि नाममा हिंसा सह्य नहुने बताएका छन्। उनले हिंसाको बाटो अपनाउनुभन्दा वार्तामा आएर कुरा सल्ट्याउन आग्रहसमेत गरेका छन्।
उनले भने, ‘कसैले हिंसालाई सिद्धान्त र रोजाइको विषय बनाउछ भने त्यो अनुचित हो, म भन्न चाहन्छुँ हिंसा आवश्यक छैन। आउनुस् कुरा गरौँ टुंग्याउँ।’ उनले थपे, ‘सबै पक्षलाई भन्न चाहन्छु, हैन नेपाललाई विकास हुन नदिने र बुद्धि बिग्रिएर कुबाटो हिँड्न खोज्नुभएको हो भने र कसैको औजार बन्नु खोज्नुभएको हो भने त्यसलाई रोक्नुपर्छ।’
प्रधानमन्त्रीले नेपाल कुनै उपनिवेश युगमा नभएको र जनताको शासन भएकाले हिंसा आवश्यक नभएको बताए। उनले कुबाटोमा नलाग्न आग्रह गरेका छन्। उनले त्यस्ता क्रियाकलाप रोक्ने पनि बताए। उनले देशको कुनै पनि भूभागमा बस्ने जनतालाई कुनै पनि पेसा वा व्यवसायमा रहेका जनतालाई कुनै पनि विभेदमा नराख्ने र सबैलाई समानताको नीतिले समेट्ने बताए।
उनले भने, ‘समृद्धिको समुचित वितरण गर्ने नीतिभन्दा राम्रो नीति भए भन्नुपर्यो छैन भने नेपालमा विकास हुन नदिनु र अप्ठेरो पार्ने, नेपाली युवालाई विदेश पठाउने र काठका बाकसमा पठाउने र आँखामा आँसु आउने दिने कुरा सह्य हुनेछैन।’
पृथकतावादको आन्दोनल चलाइरहेकाले अहिले शान्तिपूर्ण भनेपनि अन्ततः त्यो हिंसामै परिणत हुने बताए। पृथकतावाद र विखण्डन कुनै पनि मुलुकले सहन नसक्ने भन्दै उनले भने, ‘अहिले शान्तिपूर्ण भनिए पनि त्यो तयारीका लागि शान्तपूर्ण भनिएको हो। पृथकतावादजस्तो राष्ट्रिय अपराध शान्तिपूर्ण हुनै सक्दैन। त्यसकारण यो बाटोमा नजान सबै सम्बन्धित व्यक्तिहरूलाई आग्रह गर्दछु।’
त्यस्तै क्रान्तिका नाममा चन्दा आतंक गरेको भन्दै नेत्रविक्रम चन्द विप्लवलाई पनि त्यसो नगर्न चेतावनी दिएका छन्। उनले भने, ‘क्रान्तिका नाममा गरिने हिंसात्मक कुराहरू चन्दा उठाउन गरिएको हो भने त्यो गलत छ, क्रान्ति गर्न हो भने त्यो भ्रममा नजान आग्रह गर्दछु।’ उनले सबैलाई मिलेर जान आग्रह गरेका छन्। त्यस्तै आफू थप हिंसा बढाउन नचाहने पनि बताए।
पछिल्लो समय प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राजनीति गर्नका लागि तानाशाहीमा सरकार गएको भनेको आरोप लगाएका छन्। उनले प्रश्न गरे, ‘ राजनीति गर्नका लागि तानाशाहीको कुरा गर्ने? यस सरकारका काम कारबाहीहरू पूर्णरूपमा पारदर्शी, कानुनसम्मत र संविधानअनुसार हुन्छन्। जनताका पक्षमा हुन्छन्।’ उनले आफूले वर्षौं जेल जीवन बिताएको र आन्दोलनमा तानाशाही ल्याउनका लागि नगरेको बताए। ‘


