Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

काठमाडौं ।  नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेलगत्तै हवाई भाडा बढेको छ। आन्तरिकतर्फ निजी सेवा प्रदायकले भाडा वृद्धि गरेका हुन्।

वायु सेवा अपरेटर संघले शनिबार इन्धनको मूल्य बढे लगत्तै हवाई भाडा समायोजन गरेको हो।आयल निगमले आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको थियो। संघले भाडा वृद्धिलाई फ्यूल चार्ज शुल्क वृद्धि भनेको छ।

संघले माउन्टेन फ्लाइटको १७०, काठमाडौं-पोखरा ८०, भैरहवा १००, विराटनगर १२०, धनगढी २२०, भद्रपुर १५०, नेपालगञ्ज १६५, भरतपुर ५५, सिमरा ४५, जनकपुर ६५, सुर्खेत १७५, तुम्लिङटार ९५ बढेको छ।

संघले हवाई भाडा वृद्धिसँगै माउन्टेन फ्लाइट ११ हजार चार सय ७०, पोखरा पाँच हजार ३०, भैरहवा ६ हजार तीन सय, विराटनगर सात हजार ५७०, धनगढी १२ हजार ८७०, भद्रपुर नौ हजार १५०, नेपालगञ्ज १० हजार १५, चितवन तीन हजार ६ सय ५५, सिमरा ३१ सय ७०, जनकपुर ४२ सय ६५, सुर्खेत, आठ हजार ६ सय ७५, तुम्लिङटार ६ हजार ४५ लाग्ने छ।

बढेको भाडा जेठ २२ देखि लागु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.