Breaking News.... EverestOnlineKhabar
October 3, 2026

गिरिजाप्रसाद कोइरालाको नाममा कुनै योजना नआएको भन्दै संसदमा सुजाता कोइरालाको आपत्ति

Loading

काठमाडौं। कांग्रेस नेतृ एवम सांसद सुजाता कोइरालाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा कुनै योजना नआएको भन्दै  आपत्ति जनाएकी छन्।

बजेटमाथिको छलफलमा भाग लिदै नेतृ कोइरालाले  मदन भण्डारीलगायत एमालेका नेताहरुको नाममा योजना र बजेट छुट्टयाइएको तर कांग्रेस नेताहरुलाई उपेक्षा गरिएको आरोप लगाइन ।  कोइरालाले यस पटकको बजेटमा गिरिजाको नाममा कुनै योजना र बजेट नआएको भन्दै आपत्ति जनाएकी हुन्।

कोइरालाले गिरिजा प्रसाद कोइरालाको नाममा तनहुँमा निर्माणाधिन अस्पताललाई सरकारले उपेक्षा गरेको बताइन्। उनले उक्त अस्पतालका लागि सरकारले बजेट छुट्याउन माग गरिन्। उक्त अस्पतालका लागि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा छलफल गरेको र भारत सरकारले बनाउने इच्छा पनि व्यक्त गरेको कोइरालाले जानकारी दिइन्। उनले सरकारले पनि बजेट छुट्याउनु पर्ने बताइन्।

उनले भनिन्, ‘अहिलेको सरकारले प्रतिपक्षलाई छाडेर हिड्न खोजेको देखिन्छ। जसले देशमा ठुल दुर्घटना आउन सक्छ। गिरिजाबाबुले थालेको शान्ति प्रक्रिया अहिलेसमम पुरा भएको छैन। सबै मिलेर शान्ति प्रक्रियालाई पुरा गर्नुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed