![]()
एजेन्सी । विश्व नम्बर एक राफेएल नाडाल फ्रेन्च ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् । आइतबार विहान भएको खेलमा फ्रान्सका रिचार्ड ग्यास्क्वेटलाई हराउँदै नाडाल अन्तिम १६ मा पुगेका हुन् ।
पेरिसस्थित रोलान्ड गार्रोसमा भएको खेलमा नाडालले रिचार्डलाई ६–३, ६–२ र ६–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । डिफेन्डिङ च्याम्पियन नाडलले २७औं बरियताका रिचार्डलाई सहजै पराजित गरेका हुन् ।
नाडालले अब फ्रेन्च ओपन टेनिसको अन्तिम १६ मा जर्मनीका म्याक्सिमिलियन मार्टेरेरसँग क्वाटरफाइनल प्रवेशका लागि खेल्ने छन् ।


