Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालय भित्रका विभिन्न शाखामा हुने कामका गतिविधि अवलोकन गर्न सीसीटीभी जडान गरेका छन् ।

खासगरी कर्मचारीको बढी चाप हुने कर्मचारी प्रशासन (कप्र) शाखामा हुने अनावश्यक भिडभाड र कर्मचारीको सेवा अवलोकन गर्न सीसीटीभी जडान गरिएको हो ।

मन्त्रालयको भुईँ तल्लामा रहेका संघीय मामिला र सामान्य प्रशासनको कर्मचारी शाखा, प्रवेशद्वार, र्भयाङ, लबी, मन्त्रीको सचिवालय, चार वटै तलामा १६ वटा क्यामेरा जडान गरिएको छ ।

सीसीटीभी जडानपछि सेवा लिन आउनेलाई कर्मचारीले गर्ने व्यवहार, सेवाग्राहीको गतिविधिलगायत अनावयश्क व्यक्ति र समुहको गतिविधि हेर्नसमेत सजिलो भएको छ । कर्मचारी प्रशासन शाखामा लामो समयसम्म अनावश्यक भीडभाड भयो भने सचिवालयले केरकार गर्ने र मन्त्रीलाई रिपोर्टिङ गर्ने गरेको छ ।

कर्मचारी प्रशासनमा पटक–पटक धाइरहने र कर्मचारीलाई अनावश्यक दबाब दिने व्यक्ति पहिचान गर्न सजिलो होस् भनेर मन्त्री पण्डितको आग्रह अनुसार सीसीटीभी जोडिएको हो । मन्त्री पण्डितको कार्यकक्षसहित स्वकीय सचिवालय, मन्त्रालयका सचिव, कर्मचारी प्रशासन हेर्ने सहसचिवलगायतको कार्यकक्षमा स्क्रिन राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.