Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ल्याएको आर्थिक वर्ष २०७५ ÷७६ को बजेटमा ४ वटा ’स’ को अभाव रहेको बताएका छन् । उनले बजेटमा स्पष्टता, समृद्धितर्फको मार्गदर्शन, साहस र सृजनशिलताको अभाव रहेको बताएका हुन् ।

सांसद थापाले बजेटमा कुनै स्पष्टता नभएको बताउँदै सरकार देशमा संघीयता लागु भइसकेको अवस्थामा त्यसलाई बजेटमार्फत थप सशक्त बनाउन चुकेको बताएका छन् ।

यस्तै उनले बजेटमा समृद्धितर्फको मार्गदर्शनको समेत अभाव रहेको बताएका हुन् । ’पूर्वाधार निर्माणमा जसरी बजेट छरिएको छ । त्यसले राम्रो गर्दैन,’ उनले भने, ’यसले लगानीको वातावरण पनि निर्माण गर्न सकेन ।’

अर्थमन्त्री खतिवडाले बजेटमा केही नराम्रा पूर्व योजनालाई कटौती गर्ने साहस गर्न नसकेको पनि उनको आरोप छ । सांसदलाई आफ्नो क्षेत्र विकासका नाममा रकम विनियोजन गरेर गल्ती अर्थमन्त्रीले गल्ती गरेको उनले बताए ।

यस्तै सांसद थापाले आगामी वर्षको बजेटमा सृजनशिलताको अभाव रहेको र त्यसले गर्दा पूर्वाधार विकासका लागि विनियोजन गरिएको विषयमा पनि कुनै सृजनशिलता नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed