![]()
काठमाडौ,जेठ ।
विश्व वातावरण दिवसको अवसर पारेर काठमाडौदेखि सोलुखुम्बुसम्म बुलेट बाइक र्याली निकालिएको छ । बुलेट युथ क्लबले विश्व वातावरण दिवसको अवसर पारेर वातावरण संरक्षणको लागि जनचेतना जगाउने उद्धेश्यले काठमाडौँ देखि सोलुखुम्बुसम्मको बुलेट बाइक र्यालीको आयोजना गरेको हो । ‘आज बिरुवा रोपौ,भबिष्य स्वच्छ र सम्मृद्ध बनाऔं’ भन्ने नाराका साथ युवासंघ नेपालको अगुवाईमा गरिएको उक्त ¥याली ललितपुरको ग्वार्कोबाट सुरु गरिएको थियो । बुलेट बाइकप्रतिको दृष्टिकोणलाई सकारात्मक बनाउन तथा ठाउँ ठाउँमा विरुवा रोपेर पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले उक्त ¥यालीको आयोजना गरिएको युवा संघ नेपालका उपाध्यक्ष पर्शुराम बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार बुलेट बाइक चढेर गएको टोली बिहिबार नै सोलुखुम्बुको सल्लेरी पुगेर त्यहाका युवाहरु र जनप्रतिनिधिसंगको छलफलपछि बृक्षारोपण गरेको थियो । त्यस्तै,बृक्षारोपणपछि विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गरिएको थियो । त्यसपछि ओखलढुंगा, काभ्रेमा पनि विरुवा रोप्ने र पर्यटकीय क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
सरकारले युवामैत्री बजेट ल्याएको र यसको कार्यान्वयनका लागि सहयोग गर्ने उद्देश्यले पनि उक्त र्यालीको आयोजना गरिएको उपाध्यक्ष बस्नेतले जानकारी दिए । यो र्यालीले ट्राफिक सचेतना लिने र पर्यटन प्रबद्र्धनमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरिएको छ । युवा संघ नेपालका केन्द्रीय सदस्य मनोज राईको नेतृत्वमा निकालिएको उक्त र्यालीको उद्घाटन उपाध्यक्ष पर्शुराम बस्नेतले गरेका थिए ।


