Breaking News.... EverestOnlineKhabar
August 11, 2026

बिहान गएको पहिरोले बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध, सयौ यात्रु अलपत्र

Loading

बुटवल,जेठ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–दोभान सडक खण्डमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका वडा नम्बर ३ हेडबक्स भन्ने ठाउँमा पहिरो खसेपछि शुक्रबार बिहान ४ बजेदेखि यातायात सेवा अवरुद्ध भएको हो । गत वैशाख ३१ गते पनि सोही स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको थियो ।
पहिरोबाट खसेका ठूला–ठूला ढुंगाले सडकमा अवरोध सिर्जना गरेपछि पाल्पातिरबाट बुटवल आउँदै गरेका र बुटवलबाट पाल्पा, हुँदै गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ हिँडेका सवारी साधन र यात्रुहरु बीचमै रोकिएका छन् ।
वर्षा नरोकिएकाले डोजर चलाएर पहिरो पन्छाउन ढिलाइ भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडक कति बजे खुल्छ भन्ने यकिन गर्न नसकिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed