Breaking News.... EverestOnlineKhabar
August 11, 2026

ट्रम्पको वैवाहिक जीवन धरापमा, ट्रम्पको परस्त्रीसंग झुकाव बढेको भन्दै पत्नी मेलानिया सम्बन्ध बिच्छेदको तयारीमा

Loading

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकपछि अर्को गरी परस्थ्रीसंग जोडिएका खबर सार्वजनिक हुन थालेपछि पत्नी मेलानियाले ट्रम्पलाई डिभोर्स दिने तयारी गरेकी छिन ।

अन्तर्रा्ष्ट्रिय समाचार संस्था एपीले जनाएअनुसार हरेक दिन नयाँ महिलासँगको सम्बन्धबाट हैरान हुँदै प्रथम महिला मेलानिया राष्ट्रपति ट्रम्पसँग सम्बन्ध विच्छेद गर्ने निष्कर्षमा पुगेकी हुन्।

मेलानियाले आफू प्रथम महिला हुने कुरा कल्पनाभन्दा बाहिरको कुरा भएको र यो आफ्नै चाहना नै नभएको बताएकी छिन्। साथै आफूले साधारण र सामान्य जीवन नै चाहेको बताइन। समाचार अनुसार ट्रम्पले आफूलाई समय नदिएको, परस्त्रीसँग बढी झुकाव रहेको संकेत समेत दिएकी छिन।

पोर्नस्टार ड्यानियल स्टोर्मीसँगको अफेयरको निरन्तर खबरले आफू अपमानित भएको र अन्य कुरामा पनि ट्रम्पले निरन्तर अवहेलनाको व्यवहार देखाएकाले आफू अलग हुन चालेको मेलानियाको भनाई रहेको एपीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed