Breaking News.... EverestOnlineKhabar
August 11, 2026

केबी गुरुङ समूहले राष्ट्रियता र लोकतन्त्र जोगाउन देशब्यापी अभियान थाल्दै

Loading

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बीपी  विचार राष्ट्रिय समाजका अध्यक्ष कुलबहादुर गुरुङ(केबी)ले प्रदेशस्तरीय भेला गर्ने भएका छन् । राष्ट्रियता र लोकतन्त्र जोगाउन साथै बीपीको विचार प्रवद्र्धन कार्यक्रम लिएर भेला गरिने भएको हो ।

बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष गुरुङले बीपी कोइरालाको विचार अनुशरण गर्ने तथा कांग्रेसको सिद्धान्त मान्ने जनताहरुमा निराशा पैदा भएको भन्दै जागरण अभियान स्वरुप यस्तो भेला आयोजना गर्न लागिएको जानकारी दिए ।

बीपी विचार राष्ट्रिय समाजको ब्यानरमा बैशाख २१ गते तनहुँको दमौलीमा प्रदेश नम्बर ४ स्तरीय भेला आयोजना गरी सुरु भएको अभियान जेठ १८ गते काठमाडौंको धुम्बाराहीमा प्रदेश नम्बर ३ स्तरीय भेला डाकिएको छ ।

‘हरेक क्रान्ति र आन्दोलनहरुको नेतृत्व गरेको कांग्रेस आज किन र कसरी भूमिकाविहीन भइरहेको छ, कम्युनिष्टहरु किन एकताबद्ध भइरहेका छन् अनि कांग्रेस किन जिम्मेवार प्रतिपक्षीको भूमिकामा बलियो बन्न सकिरहेको छैन ?,’ गुरुङले प्रश्न गर्दै भने,‘ त्यसैले राष्ट्रियता र प्रजातन्त्र जोगाउन अनि कांग्रेसलाई पहिलेकै अवस्थामा फर्काउन हामी एकजुट हुन जरुरी छ ।’

भर्खरै सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटबारे कांग्रेसले विकल्पमा प्रस्ताव दिन नसक्नु नेतृत्वको कमजोरी भएको उनको भनाइ थियो ।

देश गम्भीर संकटमा फसेकाले यसलाई जोगाउन सबै जनतालाई एकठाउँ उभिन पनि अध्यक्ष गुरुङले आब्हान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed