![]()
काठमाडौ,जेठ ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएपछि रिहा भएका बालकृष्ण ढुंगेलले मानवअधिकारवादी र वकिलप्रति आक्रोस व्यक्त गरेका छन् । पूर्वसांसद समेत रहेका ढुंगेल आज विहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । रिहा भएपछि प्रतिक्रिया दिँदै ढुंगेलले भनेः‘ युद्धका बेला शान्ति र शान्तिमा युद्धको खेती गर्ने डलरवादीहरुले मलाई जेलमा सडाउने षड्यन्त्र गरेका हुन् । डलरवादीहरुको अभियानप्रति घृणा व्यक्त गर्छु ।’
उनले आफूलाई रिहा गर्ने सरकारको निर्णयविरुद्ध मुद्दा हाल्ने वकिलहरुको पनि चर्को विरोध गरे । आफूले सर्वोच्च अदालतको सम्मान गर्ने तर, आफूविरुद्ध परेको रिटमा लामो बहस गर्न जरुरी नभएको ढुंगेलको तर्क थियो । सशस्त्र द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याको घटनामा ढुंगेलविरुद्ध मुद्दा चलेको थियो । द्वन्द्वकालमै उनी साढे सात वर्ष जेल बसेका थिए । तत्कालिन पुनरावेदन अदालतले सफाई दिएपछि उनी छुटेपनि सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । लामो समयसम्म उक्त फैसला कार्यान्वयन भएको थियो । गत कात्तिकमा अदालती निर्णय कार्यान्वयन गराउन तत्कालिन प्रहरी महानिरिक्षक प्रकाश अर्याललाई अदालतले पत्र काटेपछि कात्तिक १४ गते उनी पक्राउ परेका हुन ।
कर्तव्य ज्यान मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी कैद माफी हुने कानुनी प्रवाधान अनुसार ढुंगेल जेलमुक्त भएको बताइएको छ ढुंगेलको माफी विरुद्ध परेको रिट उपर सर्वोच्चले हिजो त्यससम्बन्धि निर्णयको सक्कल फाइल झिकाउने आदेश दिएको थियो ।


