![]()
बीबीसी । अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनबीच हुने भनिएको शिखर वार्तामा दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इन पनि सहभागी हुनसक्ने दक्षिणका अधिकारीहरुले बताएका छन्।
शिखर वार्ताको वातावरण बनाउन अमेरिका र उत्तर कोरियाका राष्ट्रप्रमुखसँग निरन्तर सम्पर्कमा रहेको र वार्ताको लागि मुनको उपस्थिती महत्वपूर्ण हुने दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ।
ट्रम्प–उनबीचको भेटवार्ता सिंगापुरमा आगामी जुन १२ का लागि तोकिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले एकल रुपमा वार्ता स्थगित गर्दै उत्तर कोरियालाई पत्र लेखेपछि अनिश्चित बनेको थियो। तर गत शनिबार दक्षिणका राष्ट्रपति मुनले उत्तर कोरियाली नेता किमलाई आकस्मिक भेट गरेपछि पुनः दुवै देश तोकिएकै समयमा भेट गर्न सहमत भएका हुन्।
त


