Breaking News.... EverestOnlineKhabar
June 27, 2026

रसुवामा रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्न आधुनिक हेलिप्याड बन्दै

Loading

रसुवा ।  रसुवामा रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्नका लागि आधुनिक किसिमको हेलिप्याड निर्माण सुरु भएको छ।  लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालिजंग गणले सदरमुका म धुन्चेस्थित गणभित्र करिब १५ लाखको लागतमा हेलिप्याड निर्माण सुरु गरेको हो। गणमा रहेको हेलिप्याडमा यसअघि दिउँसोको समयमा मात्र हेलिकप्टर अवतरण गर्न सकिन्थ्यो।

रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्नुपर्ने भएकाले आधुनिक किसिमको हेलिप्याड निर्माण गर्न लागिएको हो। भौगोलिक विकटताको कारण समयमा नै अस्पताल पुर्‍याउन नसक्दा बिरामीको अकालमै ज्यान जाने समस्यालाई मध्यनजर गर्दै हेलिप्याड निर्माण सुरु गरिएको गणले जानकारी दिएको छ।

अहिले निर्माण भइरहेको हेलिप्याडमा वाइन्ड डिरेक्सन इन्डिकेटर, लाइटिङ, हेलिकप्टरको इन्ट्री र एक्जिट प्वाइन्ट राखिने गणले जनाएको छ। हेलिप्याडमा रडको प्रयोग गरिएको छ। ५० फिट डायमिटरको हेलिप्याड निर्माण हुने सेनाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.