Breaking News.... EverestOnlineKhabar
June 27, 2026

कतारले लगायो युएई, साउदी, इजिप्ट र बहराइनबाट आउने सामानमा प्रतिबन्ध

Loading

बीबीसी ।संयुक्त अरब इमिरेट्स, साउदी अरब, इजिप्ट र बहराइनबाट उत्पादन हुने सामानमा कतारले प्रतिबन्ध लगाएको छ। संयुक्त अरब इमिरेट्स (युएई) लगायतका देशले कतारमाथि करिब एक वर्षअघि लगाएको आर्थिक प्रतिबन्धको वर्षगाँठ पारेर कतारले ती देशबाट आउने सामानमा प्रतिबन्ध लगाएको बताइएको छ। गत वर्ष युएईलगायतका देशले कतारले आतंकवादलाई सहयोग गरिरहेको भन्दै दोहाविरुद्ध आर्थिक प्रतिबन्ध लगाएका थिए।

छिमेकी चार राष्ट्रको नाकाबन्दीका कारण पहिलो केही सातामा कतारले गर्ने आयातमा ४० प्रतिशत कमी आए पनि केही समयपछि दोहाले टर्कीलगायतका नयाँ गन्तव्य फेला पारेको थियो।

कतारको अर्थतन्त्र तथा वाणिज्य मन्त्रालयले देशका सम्पूर्ण व्यापारी र पसललाई ती चार देशबाट सामान आयात बन्द गर्नुपर्ने भन्दै सर्कुलर जारी गरेको  छ। सरकारको नयाँ नीति कडाइका साथ लागू गराउन देशका व्यापारी र पसलेलाई सरकारी निरीक्षकले निरीक्षण गर्नेसमेत  जनाइएको छ।

साउदी अरबलगायतका चार देशले कतारले आतंकवादलाई आर्थिक सहयोग गरेको आरोप लगाउँदै गत जुनमा दोहासँगको कूटनीतिक र यातायात सम्बन्ध अन्त्य गरेका थिए। त्यसअघि कतारले युएईबाट ठूलो मात्रामा जहाजमार्फत् सामान आयात गर्ने गरेको थियो भने साउदीको सीमा हुँदै कैयौं ताजा खानेकुरा ल्याउने गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.