Breaking News.... EverestOnlineKhabar
July 8, 2026

Loading

एजेन्सी ।ब्राजिलका स्टार स्ट्राइकर नेइमारले आफू विश्वकप फुटबलका लागि तयार रहेको बताएका छन् । नेइमारले  आफू विश्वकपका लागि पूर्ण रुपले तयार रहेको र रोक्ने कुनै चिज नरहेको बताएका हुन् ।

नेइमार गएको फेब्रुअरीमा अन्तिममा चोटग्रस्त भएयता खेलेका छैनन् । उनको खुट्टाको शल्यक्रिया भएपछि अहिले मैदानमा छिर्नका लागि तयार रहेको बताएका हुन् ।

अहिले पनि आफ्नो दायाँ खुट्टामा केही असजिलो रहेको तर विश्वकप फुटबलसम्ममा पूर्ण तयार हुने बताएका छन् । उनले एकहप्तादेखि ब्राजिलको टिमसँग प्रशिक्षण लिएपछि आफू तयार रहेको नेइमारले बताएका हुन् ।

उनले आफू अहिले पनि १०० प्रतिशत फिट नभएको स्वीकार गरे तर विश्वकप सुरु हुँदासम्म सबै ठीक हुने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.