Breaking News.... EverestOnlineKhabar
October 1, 2026

Loading

दाङ  ।दाङमा फैलिएको झाडापखालाका कारण बिरामी हुनेको संख्या बाह्र सय पुगेको छ। शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा फैलिएको झाडापखालाका कारण बिरामी हुनेको संख्या एघार सय ७३ पुगेको छ । सिंगो गावैँभरी फैलिएको झाडा पखालाका कारण मानवीय क्षेतीभने भएको छैन।

बिरामीको संख्या थपिने क्रम जारी छ।  बिरामीको संख्या दोब्बर बढेपछि शान्तिनगरमा भफैलिएको झाडापखाला नियन्त्रण भन्दा बाहिर पुगेको छ।

केही बिरामीको अवस्था गम्भीर छ । बिरामीको अत्यधिक चाप बढेपछि शान्तिनगर स्वास्थ्य चौकीको बाहिर चउरमै राखेर बिरामीको उपचार गरिएको छ। उपचारमा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीसँग तुलसीपुरस्थित राप्ती अञ्चल अस्पताल, राप्ती उपक्षेत्रीय अस्पताल तथा नेपाली सेनाको चिकित्सक टोलीले उपचार गरिरहेको छ।

 खानेपानीको प्रदुषणका कारण झाडा पखाला फैलिएको आशंका गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयले पिउने पानीको प्रदुषणका कारण झाडा पखाला फैलिएको आशंका भएको र उक्त पानीको परिक्षण गर्न लागिएको जनाएको छ।

नेपाली सेनाको टोलीले  गाउँमा वितरित पानीको मुहान र ट्यांकी सफाइ गरेको छ। यो गाउँपालिकाको ३ र ४ मा वितरीत खानेपानीको मुख्यमुहान माइलीपानीमा पानी कम हुन थालेपछि केही समयअघि अर्को मुहानबाट पानी बितरण गरिएको थियो। नयाँ मुहानको पानी प्रशोधन नगरी ट्यांकीमा मिसाइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed