Breaking News.... EverestOnlineKhabar
July 8, 2026

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच हुन सक्ने शिखर वार्ताका विषयमा छलफल गर्न अमेरिकी अधिकारीहरूको एउटा टोली उत्तर कोरिया पुगेको छ। दुवै पक्षबीचको वार्ता उत्तर कोरियाको परमाणु अस्त्र निश्शस्त्रीकरणका विषयमा केन्द्रित रहेको ठानिएको छ।

उत्तर कोरिया पुगेको अमेरिकी अधिकारीहरूको टोली राष्ट्रपति डोनल्ड ट्रम्प र किम जङ अनबीच हुने सम्भाव्य शिखर वार्ताको तयारीमा जुटेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रको असैनिकीकृत क्षेत्र पान्मुन्जोम पारि रहेको उत्तर कोरियाली भूभागमा दुई पक्षबीच छलफल भएको छ।

अमेरिकी टोलीको नेतृत्व दक्षिण कोरियाको लागि पूर्वअमेरिकी राजदूत सुङ किमले गरिरहेका छन्। उत्तर कोरियाली टोलीको नेतृत्व उप विदेशमन्त्री चोए सोन हुइले गरेका छन्। शिखर वार्तामा उत्तर कोरियाली परमाणु अस्त्र निश्शस्त्रीकरणका विषयले प्रमुखता पाउने अपेक्षा गरिएको छ।

दुवै पक्षले अहिले त्यही मुद्दाका अन्तरवस्तुका विषयमा छलफल गरिरहेको ठानिएको छ। राष्ट्रपति ट्रम्प र किमबीच जुन महिनामा सिंगापुरमा वार्ता हुने तयारी चलेको थियो। तर गतसाता ट्रम्पले त्यसलाई रद्द गरिदिए। अहिले चाहिँ दुवै पक्ष फेरि वार्ताको तयारीमा जुटिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.