Breaking News.... EverestOnlineKhabar
August 12, 2026

सिरियास्थित देर अल-जोर प्रान्तमा रुसी सैनिक मारिए

Loading

बीबीसी । पूर्वी सिरियास्थित देर अल-जोर प्रान्तमा लडाकुहरूले हमला गर्दा कम्तीमा चार जना रुसी सैनिकहरूको ज्यान गएको छ।सिरियाली सेनाको बन्दोबस्तीका सामान लिएर गइरहेका बेला हमला भएपछि दुई जना सैन्य सल्लाहकारहरू पनि मारिएको बताइएको छ। पाँच अन्य रुसी सैनिकहरू घाइते भएको र तीमध्ये दुई जनाको पछि ज्यान गएको रुसी रक्षा मन्त्रालयले जनाएको छ। घाइतेहरूको एउटा रुसी सैन्य अस्पतालमा उपचार भइरहेको छ।

मस्कोस्थित रुसी रक्षा मन्त्रालयले उसको फौजले भिडन्तका क्रममा ४३ जना आतंकवादीहरूलाई मारिदिएको जनाएको छ। गत नोभेम्बर महिनामा सिरियाली सेनाले देर अल-जोर शहरलाई आफ्नो नियन्त्रणमा लिएको थियो तर इस्लामिक स्टेट लडाकु समूह सो प्रान्तमा अझै पनि सक्रिय नै छ।

आधिकारिक आँकडाअनुसार सिरियाली गृहयुद्धमा ९० जना रुसी सैनिकको ज्यान गइसकेको छ। सन् २०१५ को सेप्टेम्बरमा सिरियाली राष्ट्रपति बसर अल-असदको समर्थनमा रुसले सिरियामा सैन्य हस्तक्षेप गरेयता कैयौँ सैन्य ठेकेदारहरूको पनि ज्यान गएको छ।

सात वर्ष लामो युद्धपछि, रुसी तथा इरानी पक्षको समर्थनप्राप्त सिरियाली सरकारले दोस्रो ठूलो सिरियाली शहर अलेप्पोसहित केन्द्रीय सिरियाको धरैजसो भागहरू नियन्त्रण गर्दछ। विद्रोही फौज भने अहिले इड्लीब प्रान्तमा केन्द्रित छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed