![]()
एजेन्सी । आईपीएलको सर्वाधिक रन बनाउने खेलाडीमा हैदरावादका कप्तान केन विलियम्सन बनेका छन् भने सर्वाधिक विकेट लिने खेलाडीमा किंग्स इलाभेन पञ्जावका एन्ड्रेव टाई बनेका छन् ।
हैदरावादका कप्तान विलियम्सनले १७ खेलबाट ७३५ रन बनाएका छन् । सर्वाधिक ८ पटक अर्धशतक बनाएका विलियम्सनले ८४ रनको उच्च स्कोर बनाएका छन् । उनले १४२.४४ को स्ट्राइक रेटमा कुल ६३ चौका र २८ छक्का प्रहार गरे ।
त्यस्तै, सर्वाधिक विकेट लिने खेलाडी पञ्जाबका एन्ड्रेव टाई बनेका छन् । उनले मात्र १४ खेलबाट २४ विकेट लिए । उनले मुम्बई इन्डियन्स विरुद्ध मात्र १६ रन खर्चेर ४ विकेट लिएका थिए ।
त्यस्तै, आईपीएलको इमर्जिङ प्लेयर अफ दि शेसनको अवार्ड दिल्ली डेयरडेभिल्सका ऋषव पन्तले जितेका छन् । उनको यो आईपीएलमा ३ वटा रेकर्ड रहेको छ । सर्वाधिक रनको शतक बनाएका थिए भने सर्वाधिक चौका र छक्का प्रहार गरेका थिए । पन्तले १४ खेलबाट ६८४ रन बनाएका छन् भने उनी सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा छन् ।
त्यस्तै, मोष्ट भ्यालुएबल प्लेयर अफ दि सेसनको अवार्ड कोलकत्ताका सुनिल नारिनेले जिते । ब्याटिङ र बलिङमा निकै सशक्त प्रदर्शन गरेका सुनिलले १६ खेलबाट १७ विकेट लिएका छन् । त्यस्तै ओपनिङ ब्याटिङमा आउने गरेका सुनिलले १६ खेलबाट ३५७ रन बनाए ।
त्यस्तै, फेयर प्ले अवार्ड भने मुम्बई इन्डियन्सले प्राप्त गरेको छ ।


