Breaking News.... EverestOnlineKhabar
June 28, 2026

आईपीएल क्रिकेटको उपाधिका लागि हैदरावाद र चेन्नईबीच प्रतिस्पर्धा हुँदै

Loading

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आइतबार सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

मुम्बईस्थित वाङ्खडे रंगशालामा फाइनल खेल हुनेछ । चेन्नईले अहिलेसम्म २ पटक आईपीएलको उपाधि उचालेको छ । सन् २०१० र २०११ को आईपीएल चेन्नईले जितेको थियो । यता, हैदरावादले एक पटकमात्रै आईपीएलको उपाधि उचालेको छ । सन् २०१६ मा हैदरावाद च्याम्पियन बनेको थियो ।

प्लेअफको पहिलो क्वालिफायरमा चेन्नईले हैदरावादलाई पराजित गरेर सिधै फाइनलमा प्रवेश गरेको थियो भने हैदरावादले दोस्रो क्वालिफायरमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

लिग राउण्डको दुवै खेल चेन्नईले जितेको थियो । चेन्नईले अवे खेलमा हैदरावादलाई उसैको घरेलु मैदानमा ४ रनले पराजित गरेको थियो भने होम खेलमा पनि हैदरावादमाथि चेन्नईले ८ विकेटको जित हात पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.