![]()
एजेन्सी । फिफा विश्वकप २०१८ को औपचारिक गीतको अडियो सार्वजनिक गरिएको छ। विल स्मिथ र एरा इस्टेरेफीलाई समावेश गर्दै निकी जामले तयार पारेको ‘लिभ इट अप’ बोलको गीत यस पटकको अफिसियल गीत बनाइएको छ।
सन् २०१४ मा पीटबुलले गाएको ‘ओले ओला..’ र सन् २०१० मा शाकिराले अभिनय सहित गाएको वाका वाका.. दिस टाइम फर अफ्रिका’ अफिसियल गीत बनाइएका थिए ।
यसपटकको विश्वकप रुसमा आगामी जुन १४ मा सुरु हुँदैछ।

