Breaking News.... EverestOnlineKhabar
October 3, 2026

शिक्षा ‘भ्यालेन्टाइन डे’ को गूलाबको फूल जस्तै लोकप्रिय हुन जरुरी : प्रधानमन्त्री

Loading

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मुलुकको शिक्षा प्रणाली जीवनोपयोगी र बौद्धिकताको पहिचान गर्ने खालको हुनुपर्ने बताउनु भएको छ । काठमाडौं भृकटीमण्डपमा आयोजित कान्तिपुर–हिसान एजुकेशन फेयरको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शिक्षा प्रणाली लाखौं खर्च गरेर सर्ट्फििकेट फ्रेममा सजाएर राख्ने खालको मात्र हुन नहुने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो शिक्षा भ्यालेन्टाइन डे को गूलाबको फूल जस्तै लोकप्रिय हुन जरुरी छ, जीवनपयोगी हुनुपर्यो । सर्ट्फििकेट फ्रेममा सजाउन लाखौं खर्च गरिएको होइन ।’

विश्वका महान वैज्ञानिक आइन्स्टाइन कम बोले  पनि क्षमतामा सबैभन्दा अब्बल रहेको उदाहरण दिँदै साना बालबालिकाहरुलाई कम बोल्नासाथ कमजोर नठान्न उहाँले अभिभावकहरुलाई सचेत गराउनुभयो ।

यता, खेलाडी सन्दिप लामिछानेको उदाहरण दिँदै क्रिकेट खेल्ने मौका पाएकोले नै उनले सफलता हासिल गरेको र साना नानी बाबुहरुलाई पनि त्यस्तै मौका दिन आग्रह गर्नुभयो ।

त्यसअघि इजरायलका राजदूतले आफ्नो मुलुकले भ्यालेन्टाइन डेका अवसरमा यूरोप र एसियामा गुलाबका फूल निर्यात गरेरै राष्ट्रिय अर्थतन्त्रमा ठूलो उपलव्धी हासिल गरेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed