Breaking News.... EverestOnlineKhabar
October 3, 2026

फेसबुकले आफना प्रयोगकर्तासंग नग्न तस्बीर माग्नुको कारण यस्तो छ

Loading

एजेन्सी । फेसबुकले आफ्ना प्रयोगकर्तासँग नग्न तस्वीर माग्न थालेको छ । प्रारम्भिक चरणमा फेसबुकले बेलायती प्रयोगकर्तालाई आफ्ना नग्न तस्वीर पठाउन भनेको छ । यसअघि अस्ट्रेलियाली प्रयोगकर्तासँग फेसबुकले नग्न तस्वीर मागेको थियो ।

प्रयोगकर्ताकै सुरक्षाका लागि यसरी नग्न तस्वीर मागिएको फेसबुकले प्रष्ट पारेको छ । कतिपय प्रयोगकर्ताहरु कसैको बदलाको भावनाबाट शिकार बन्दै आएको उल्लेख गर्दै फेसबुकले त्यस्ता प्रयोगकर्तालाई जोगाउनका लागि नग्न तस्वीर मागिएको जनाएको छ ।

फेसबुकमा कतिपयले अरुको नग्न तस्वीर पोस्ट गर्ने, म्यासेन्जरमा पठाएर ब्ल्याकमेलिङ गर्ने लगायतका गतिविधि बढ्न थालेको भन्दै फेसबुकले त्यस्ता गतिविधि नियन्त्रण गर्नका लागि प्रयोगकर्ताहरुको नग्न तस्वीर मागिएको प्रष्ट पारेको छ ।

फेसबुकका अनुसार कसैसँग तपाईको नग्न तस्वीर छ भन्ने लाग्छ र उसले तपाईको नग्न तस्वीर फेसबुकमा पोस्ट गर्न सक्छ भन्ने लाग्छ भने तपाईलाई यो प्रविधिबाट जोगाउन सकिन्छ । फेसबुकले बेलायत, अमेरिका र क्यानाडामा यो प्रविधि प्रयोग गर्न थालेको छ । फेसबुकका एक प्रवक्ताका अनुसार प्रयोगकर्ताका लागि यो एक खुला प्रस्ताव हो, तस्वीर पठाउन करकाप भने छैन ।

फेसबुकका अनुसार प्रयोगकर्ताले पठाएको तस्वीरलाई पाँचजनाको एउटा समूहले हेर्नेछ । ती पाँचैजना प्रशिक्षित समीक्षक हुन् । त्यसपछि सबै तस्वीरलाई एक खास डिजिटल फिंगरप्रिन्ट दिइनेछ । ती तस्वीरलाई डाटाबेसको रुपमा एउटा कोड स्टोर गरिन्छ । ती तस्वीर कुनै पनि प्रयोगकर्ताले फेसबुकमा अपलोड गर्न खोजेमा उक्त कोडले तस्वीर सनाखत गरी फेसबुक, इन्स्टाग्राम र म्यासेन्जरमा आउनु अघि नै ब्लक गर्ने फेसबुकको दावी छ ।

तर यो प्रविधिबाट प्रयोगकर्ताको नग्न तस्वीर फेसबुकमा पोस्ट नहुने शतप्रतिशत ग्यारेन्टी नभएको फेसबुकका एक अधिकारीले बताए । उनका अनुसार फोटोलाई कसैले सम्पादन गरेर, टोडमोड गरेर मूल तस्वीरभन्दा अलग बनाउन सक्छ । त्यस्तो अवस्थामा फेसबुकको डाटाकोडले उक्त तस्वीर सनाखत गर्न सक्दैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed