Breaking News.... EverestOnlineKhabar
October 3, 2026

नेपालको राष्ट्रिय अस्मिता बचाउनै नसक्ने ठाउँमा पुग्ने खतरा : पुष्पकमल दाहाल

Loading

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार  कसैले ढाल्न नसक्ने बताउनुभएको छ । उहाँले सरकार लोकतान्त्रिक मुल्य मान्यता अनुसार चल्ने भन्दै त्यसमा शंका नगर्न आग्रह पनि गर्नुभएको छ । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको १२ औं स्थापना दिवसको कार्यक्रममा अध्यक्ष दाहालले कम्युनिष्टहरुको  एकलौटी बहुमत रहेको सरकारलाई कसैले ढाल्न नसक्ने बताउनुभएको हो ।

उहाँले ९/९ महिनामा सरकार फेरिने, स्थायी सरकार नबन्ने र विकास पनि नहुने रोगबाट अव मुलुकले मुक्ति पाएको बताउनुभयो । ‘

मुलुकको अर्थतन्त्र र अस्मिता नै बचाउन नसक्ने स्थितिमा पुग्ने अवस्था भएकाले एकता गरिएको उहाँले बताउनुभयो । ‘यस्तै फेरि पनि अर्को ७० वर्ष रहने हो भने अर्थतन्त्र डामाडोल हुन्छ, अर्थतन्त्र जति डामाडोल हुँदै जान्छ यो राष्ट्रको अस्मिता त्यति नै खतरामा पर्दै जान्छ । कुनै दिन यस्तो पनि आउन सक्छ नेपालको राष्ट्रिय अस्मिता बचाउनै नसक्ने ठाउँमा पुग्ने खतरा छ । यही कुरालाई हेरेर हाम्रा उतार चढाव घु्म्ती मोडहरु र हाम्रा सबै संघर्षहरुको समीक्षा गरेर एकतामा आयौं’ उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed