![]()
काठमाडौं । इजरायलले नेपालको कृषी प्रविधिमा आधुनिकीकरण र उत्पादनको व्यवसायीकरणका लागि सघाउने भएको छ । नेपालका लागि इजराइलका राजदुत बेनी ओमरले नेपालको कृषि क्षेत्रको विकास र प्रवद्र्यनका लागि सघाउन आफनो देश तयार रहेको बताएका हुन ।
नेपाल च्याम्बर अफ कमर्सले राजदूत ओमरको स्वागतमा कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा उनले दुई देशको ब्यापार प्रवद्र्यनका लागि आफ्नो देशको अनुभव, सूचना र व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान महत्वपूर्ण हुने भएकाले सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालको कृषिको आधुनिकीकरण र पर्यटन बिकासको लागि दुई देशबिच बलियो सहकार्यको आवश्यकता रहेको बताएका थिए ।
नेपालको आर्थिक समृद्दीको लागि दुईपक्षीय र बहुपक्षीय सहकार्यको जरुरि रहेको भन्दै अध्यक्ष श्रेष्ठले भने, “दुई पक्षीय ब्यापारलाई अभिवृद्दी गर्न, ब्यापार र बाणिज्यमा हुने नबिन कुराहरुको आदानप्रदान गर्न, दुई देशको ब्यापार र लगानीको क्षेत्रमा संयुक्त अनुसन्धान र प्रकाशनको कामहरु अगाडी बढाउन, आधुनिक प्रविधिको आदा (प्रदान गर्न र दुई पक्षीय व्यापारिक भ्रमणलाई बढावा दिन दुईदेशका नीजि क्षेत्रबीच सहकार्य आवश्येक रहेको छ ।”




