![]()
काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछाने ‘करिश्म्याटिक एण्ड स्टाइलिस प्लेयर’ साथै ‘दि युथ आइकन अफ नेपाल २०१८’ बाट सम्मानित भएका छन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेर फर्किएका सन्दीपलाई केडिया अर्गनाइजेसनले एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा सन्दीपले विद्यार्थीहरुलाई पढाइसँगै आफूलाई इच्छा लागेका अन्य क्रियाकलापमा लाग्न प्रेरणा दिए । आफू सानो बेला भारतमा हुँदादेखि नै क्रिकेटमा मोह रहेको र नेपालमा आएर खेल्ने इच्छा भएको उनले सुनाए ।


