Breaking News.... EverestOnlineKhabar
July 8, 2026

सरकारको नीति कार्यक्रममा टिका टिप्पणी नगर्न प्रधानमन्त्रीको आग्रह, संविधान विश्वकै उत्कृष्ट भएको जिकीर

Loading

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कुनै पनि टिकाटिप्पणी नगर्न आग्रह गर्नुभएको छ ।
काठमाडौंमा बुधबारदेखि सुरु भएको विश्व प्रजातन्त्रिक युवा संघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नीति कार्यक्रम दीगो विकास र जनताको खुशीका लागि भएको स्पष्ट पार्नुभयो ।

उहाँले उत्कृष्ट नीति तथा कार्यक्रम आउनुको पृष्ठभूमिमा विश्वकै उत्कृष्ट संविधान निमार्ण हुनु, त्यस अनुसार स्थानीय, प्रदेश र संघीय निर्वाचन सफल हुनु, त्यसको परिणामबाट वाम गठबन्धनको स्थायी सरकार बन्नु र एमाले र माओवादीबीच एकीकरण भइ नेपाल कमिन्युनिष्ट पार्टी बन्नु रहेको जिकीर गर्नुभयो ।

महासभामा क्युवा, भियतनाम साइप्रस, नामिविया, लाओस, उत्तर कोरिया, क्युवा, स्पेन, पोर्चुगल, रसिया लगायत ४२ मुलुकका ७२ जना र नेपालका सहित दुई सय जना युवाको सहभागिता रहेको छ ।

हरेक वर्ष आयोजना हुने यो महासभामा नेपालमा पहिलो हो । तीन दिनसम्म चल्ने महासभामा सबैभन्दा रोजगारी, गुणस्तीय शिक्षा र कम्युनिष्ट आन्दोलन र त्यसको उपलब्धीबारे बहस हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.