![]()
सुनसरी । सुनसरी जिल्ला शिक्षा समन्वय अधिकारी खगेन्द्र सुवेदीलाई ५० हजार नगद घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले पक्राउ गरेको छ । इटहरीस्थित क्षेत्रीय कार्यालयको टोलीले सुवेदीलाई इनरुवा ३ महेन्द्र चौकस्थित डेराबाट बुधबार बिहान पक्राउ गरेको हो ।
सुनसरीको भन्टावारीस्थित आधारभूत माध्यामिक विद्यालयको शौचालय तथा कम्पाउण्ड वाल “पर्खाल” निर्माणलाई योजनामा पार्ने भन्दै उनले नगद घुस लिएका हुन ।
उक्त विद्यालयको भौतिक संरचना निर्माणका लागि विद्यालय ब्यवस्थापनसंग जिल्ला शिक्षा अधिकारी समेत रहिसकेका खगेन्द्र सुवेदीले रकम माग गर्दै आएका थिए । सोही बमोजिम बिहान रकमसहित उनी पक्राउ परेका हुन् । सुराकी पछि सेटिङमा रकम बुझाउन सुवेदीको डेरा पुगेका व्यक्तिले रकम दिए लगत्तै प्रहरीसहित अख्तियारको टोली सुवेदीको डेरामा पुगेको थियो ।
पक्राउ परेका सुवेदी उपर आवश्यक प्रकृया अघि बढाइएको अख्तियार क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।


