![]()
एजेन्सी । अर्जेन्टिनाको पहिलो रोजाईका गोलरक्षक सर्जियो रोमेरोले रुस विश्वकप फुटबल गुमाउने भएका छन् । अर्जेन्टिनाको २३ सदस्यीय टोलीमा परेका गोलरक्षक रोमेरो घुँडाको चोटको कारण विश्वकप बाहिर रहने भएका हुन् ।
इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका गोलरक्षक रोमेरोको घुँडाको शल्यक्रिया गर्नु पर्ने देखिएको बताइएको छ । ३१ वर्षीय रोमेरोले अर्जेन्टिनाको जर्सीमा ९४ क्याप जितेका थिए । रोमेरो सन् २०१४ को विश्वकपमा अर्जेन्टिनाका पहिलो रोजाईका गोलरक्षक थिए । तर, फाइनलमा अर्जेन्टिना जर्मनीसँग १ – ० ले पराजित भएको थियो ।
रोमेरो घाइते भएसँगै रुस विश्वकपमा अर्जेन्टिनाको गोलपोस्ट विलि कबाल्लेरो र फ्रान्स्को अर्मानीमध्ये एक खेलाडीले सम्हाल्ने छन् । जेठ ३१ गतेबाट सुरु हुने विश्वकपमा अर्जेन्टिना समूह डी मा रहेको छ । अर्जेन्टिनाले समूह चरणमा क्रोएसिया, नाइजेरिया आइल्याण्डसँग खेल्ने छन् ।


