Breaking News.... EverestOnlineKhabar
July 8, 2026

रोमाञ्चक खेलमा हैदराबादलाई २ विकेटले हराउँदै धोनीको चेन्नाई आइपीएलको फाइनलमा

Loading

एजेन्सी । चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।  सनराइजर्स हैदरावादलाई २ विकेटले हराउदै चेन्नई उपाधि नजिक पुगेको हो ।

मुम्बईस्थित वाङखडे रंगशालामा हैदरावादले दिएको १४० रनको लक्ष्य चेन्नईले १९ ओभर १ बलमा ८ विकेट गुमाएर पुरा गर्यो । चेन्नईको जितमा फाप डु प्लेसीसले अविजित ६७ रनको योगदान दिए । त्यस्तै सुरेश रैनाले २२, शार्दुल ठाकुरले अविजित १५ रन जोड्दा दिपक चाहरले १० रन जोडे । हैदरावादका सन्दिप शर्मा,सिदार्थ कउल र राशिद खानले समान २ – २ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १३९ रन जोडेको थियो । हैदरावादका कार्लोस ब्रेथवेइटले अविजित ४३ रन जोडे । यस्तै कप्तान केन विलियनसन् र युसुफ पठानले समान २४ – २४ रन जोड्दा श्रीभाट गोस्वामी र साकीब अल हसनले समान १२ – १२ रन जोडेका थिए । चेन्नईका ड्यान ब्राभोले २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.