![]()
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो सम्पत्ती विवरण सार्वजनिक गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयको वेवसाइटमा सार्वजनिक गरिएको सम्पति विवरण अनुसार उहाँको नाममा जम्मा ४२ लाख रुपैयाँ मात्र देखाइएको छ । घरजग्गा तथा अन्य सम्पति पत्नी राधिका शाक्यको स्वाआर्जन रहेको सम्पति विवरणमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीको एभरेष्ट बैंकस्थित खातामा ४२ लाख रुपैयाँ रहेको उल्लेख छ। उक्त रकम तलब भत्ताबाट प्राप्त भएको जनाइएको छ । त्यसैगरी प्रधानमन्त्री पत्नी शाक्यको नाममा माछापुछ्रे बैंकमा ४ लाख र प्रभु बैंकमा ६ लाख रुपैयाँ नगद मौज्दात देखिएको छ भने राष्ट्रिय वचत पत्र २५ लाख रुपैयाँ रहेको छ। यसलाई शाक्यले स्वआर्जन बताएकी छन्। उनले कैफियतमा आफु राष्ट्र बैंकको पूर्व प्रथम श्रेणीको कर्मचारी रहेको उल्लेख गरेकी छन्।
सुन गरगहना १७ –१८ तोला उल्लेख छ। त्यस्तै शाक्यकै नाममा भक्तपुरको सुर्य्विनायक – २ मा एक रोपनी र आधा रोपनी जग्गा तथा तीन तलको घर र झापाको पृथ्वीनगरमा १० कट्ठा जग्गा स्वआर्जनबाट जोडेको उल्लेख छ।


