Breaking News.... EverestOnlineKhabar
July 8, 2026

फर्किए सन्दीप, भन्छन–‘आइपीएलमा अन्य नेपाली खेलाडीका लागि पनि ढोका खुल्यो’

Loading

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आइपीएल) खेलेर   युवा लेगस्पीनर सन्दीप लामिछाने  स्वदेश फर्केका छन्।  उनी जेट एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सन्दीपले आइपीएल खलेर विश्वमा नेपालीलाई चिनाउन पाएकोमा खुशी व्यक्त गरे।  उनले भने, ’अब आइपीएलमा अन्य नेपाली क्रिकेटरको लागि पनि बाटो खुलेको छ।‘

बिमानस्थलमा सन्दीपलाई स्वागत गर्न राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खडका लगायत खेल प्रेमीहरु पुगेका थिए ।

दिल्ली डेयर डेभिल्सबाट  खेलेका सन्दिपले ३ खेलमा कूल ५ विकेट लिएका थिए। आइपीएल खेल्न पाएर आफ्नो बलिङमा थप सुधारको मौकासमेत हासिल भएको उनले बताए।  यसपछि सन्दीप वेष्ट इन्डिज विरुद्ध विश्व-११ बाट खेल्न लर्ड्स जानेछन्। विश्व-११ ले मे ३१ मा वेष्ट इन्डिज विरुद्ध खेल्दैछ। सन्दीपले त्यहाँ पनि राम्रो खेल्ने दावी गरेका छन्।

त्यसपछि सन्दीप अगस्टमा हुने क्यारेवियन लिग (सिपीएल) खेल्न जानेछन्। उनलाई क्रिस गेलको टिम सेन्ट नेभिस एण्ड किट्सले अनुबन्ध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.