![]()
काठमाडौं । ३८ क्विन्टल सुन तस्करीकाण्ड र सनम हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ ।
गोरेलाई गृहमन्त्रालयमा सार्वजनिक गरेपछि सिधै मोरङ लगिएको थियो । गृह मन्त्रालयको छानबिन टोलीले गोरेलाई मोरङ अदालतमा उपस्थित गराएको हो ।
टोलीको अभियोगपत्रका मुख्य दोषी गोरेसँग लिइएको बयानलाई छानबिन टोलीले अदालतमा पेस गर्नेछ । बुधवारबाट गोरेसंग अदालतमा बयान लिइने छ ।
३८ क्विन्टल सुन तस्करी, सनम शाक्य हत्याका विषयमा गोरेको बयान अदालतले लिने छ । यसअघि गोरेले छानबिन समितिलाई आफू सामान्य भरिया मात्र भएको बताउँदै आफू भन्दा माथि अझ थुप्रै मानिस रहेको बताएका थिए । उनले मानवअधिकार संगठनलाई पनि पत्र लेखी सुन तस्करीमा आफूलाई मात्र दोष दिइएको, आफनो हत्या गरेर थप रहस्यहरु लुकाउन खोजिएको भन्दै जीवन रक्षाका लागि अपिल गरेका थिए ।
गोरेल छानबिन समितिसंगको बयानमा तस्करीका नयाँ तथ्य र रहस्यसमेत खोलेका छन । हाल यो बिषयमा गम्भीर अनुसन्धान भैरहेकाले तत्काल सबै कुरा खोल्न नमिल्ने समितिको भनाइ छ ।


