Breaking News.... EverestOnlineKhabar
July 8, 2026

नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार

Loading

काठमाडौं । नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड नाघेका छन् । कम्पनीले हालै प्रकाशित  रिपोर्टअनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार छन् ।

सो अनुसार जीएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १ सय, सीडीएमए डाटा सेवाका प्रयोगकर्ता १ लाख ३६ हजार ५ सय, वाइम्याक्स सेवाका १७ हजार र एडीएसएलका १ लाख ९९ हजार ७ सय प्रयोगकर्ता छन् ।

२०७४ असार मसान्तसम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार ८४ लाख २५ हजार ८ सय ९४ रहेकोमा २०७४ चैत अन्त्य सम्ममा यो संख्या १ करोड १ लाख ५४ हजार पुगेको छ ।

कम्पनीले सेवाग्राहीहरुको सुविधाका लागि हाल सस्तो दरका विभिन्न प्रकारका प्याकेज र अफरहरु उपलब्ध गराइरहेको छ । यस्ता प्याकेज र अफरहरुका कारण पनि कम्पनीका डाटा प्रयोगकर्ताको संख्या बढिरहेको छ ।

डाटा सेवाका लागि कम्पनीले हाल ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा मासिक न्यूनतम ५ सय ८३ रुपैयाँ सम्मको मूल्यमा उपलब्ध गराइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.