Breaking News.... EverestOnlineKhabar
June 28, 2026

सुर्खेतको बिरेन्द्रनगरमा च्याम्बर अफ कमर्सको प्रदेश कार्यालय खुल्यो, लगानीको चिन्ता नगर्न मुख्यमन्त्री शाहीको आग्रह

Loading

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशलाई देशकै मजबुत शान्तिसुरक्षा भएको प्रदेशको रुपमा विकास गरिने बताउनु भएको छ ।

सुर्खेतको बिरेन्द्रनगरमा कर्णाली प्रदेश च्याम्बर अफ कमर्सको प्रदेश कार्यालयको उद्घाटन गर्दै मन्त्री शाहीले आफनो प्रदेशमा लगानी गर्नका लागि सुरक्षाको चिन्ता नगर्न आग्रह गर्नुभएको हो ।

मन्त्री शाहीले भन्नुभयो, “कर्णालीको बिकास र समृद्धिको महत्वपूर्ण साझेदार नीजि क्षेत्र भएकोले पनि नीजि क्षेत्रको लगानी, योगदान र उ संगको सहकार्य नै कर्णाली प्रदेशको बिकासको मूल आधार बन्ने छ । कर्णाली प्रदेशको कृषि, जलबिद्दुत, प्रयटन र जडिबुटी यस प्रदेशका चार प्रमुख खम्बा हुनेछन् र त्यसको लागि सरकार, नीजि क्षेत्र र आम जनसमुदाय एक भएर कर्णालीको समृद्धि हाशिल गर्न हातेमालो गर्दै अघि बढ्नु आजको आवश्यकता हो ।”

त्यस्तै कार्यक्रममा सहभागी नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले ५७ वटा देशका च्याम्बर अफ कमर्सलाई नेपाल च्याम्बर अफ कमर्ससंगको औपचारिक सम्बन्धको आधारमा कर्णाली प्रदेशमा लगानीको लागि सिधै आमन्त्रण गर्न सकिने कुरा बताउनुभयो ।

बदलिदो परिस्थितिमा विकास र समृद्धिको रणनीतिमा पनि परिवर्तन आवश्येक रहेको भन्दै श्रेष्ठले भन्नुभयो, “थुप्रै देशका उद्योगीहरु नेपालमा लगानी गर्न तयार रहेको तर त्यसको लागि प्रदेशमा हुने लगानीको वातावरण प्रदेश सरकारले बनाउन जरुरी छ, प्राकृतिक साधन श्रोतको उपयोगबाट कर्णाली प्रदेशको मात्र होइन, मुलुककै आर्थिक विकास र समृद्धी हाशिल गर्न सकिने भएकोले प्रदेश सरकारले लगानी मैत्री ऐन कानुन बनाउने र नीजि क्षेत्रलाई बिकासको साझेदार बनाउनतर्फ कदम चाल्न आवश्यक छ । ”

कार्यक्रममा कर्णाली प्रदेशका मन्त्रीहरु लगायत प्रदेशका बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु र राजनीतिक दलका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.