![]()
काठमाडौ,जेठ ।
सरकारले आगामी जेठ ७ मा सरकारको तथा कार्यक्रम संघीय संसदको संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको छ। बालुवाटारमा सोमबार राती अबेर सकिएको मन्त्रिपरिषद् बैठकले जेठ ७ गते अपराह्न ४ बजे नीति तथा कार्यक्रम पेश गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता एवं सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।
त्यस्तै, बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध बलियो बनाएको निष्कर्ष निकालेको छ । बैठकका निर्णय बारे जानकारी दिँदै प्रवक्ता बास्कोटाले भनेः‘नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भएको मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यसपटकको नेपाल भ्रमण अत्यन्त सफल र नेपालको हितमा रहेको निष्कर्ष मन्त्रिपरिषद् बैठकले गरेको छ,यो भ्रमणले दुई देशको सम्बन्ध थप मजबुत भएको अनुभूति र विश्वास सरकारले गरेको छ ।’


