Breaking News.... EverestOnlineKhabar
June 4, 2026

पूर्व प्रधानमन्त्री खनालद्वारा प्रदेश ३ का सांसद एवम एमाले नेता लामिछानेप्रति श्रद्धाञ्जली व्यक्त

Loading

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रदेश ३ का सांसद सांसद हरीशरण लामिछानेको निधनमा शोक व्यक्त गर्दै लामिछानेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

भक्तपुर क्षेत्र नं. २ (ख) बाट एमालेबाट निर्वा्चित सांसद लामिछानेको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा सोमबार दिउँसो निधन भएको थियो । एक्कासी रक्तचाप बढेपछि लामिछानेलाई केएमसीमा भर्ना गरिएको थियो ।

उपचारकाक्रममा निधन भएपछि लामिछानेको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पूर्व प्रधानमन्त्री खनालले पशुपति आर्यघाटमै पुगी लामिछानेको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

उहाँले यस दुःखद घडीमा परिवारमा पर्न गएको बज्रपात सहन गर्न शक्ति मिलोस भन्ने कामना पनि गर्नुभएको छ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति उहाँले समवेदना प्रकट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed