Breaking News.... EverestOnlineKhabar
June 4, 2026

चिनियाँ कम्पनीलाई बचाउन अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

Loading

एजेन्सी,बैशाख ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी व्यापार प्रतिबन्धका कारणका संकटमा परेको एक चिनियाँ टेलिकम कम्पनीलाई जोगाउन अमेरिकी वाणिज्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।
जेड्टीइ नामक चिनियाँ कम्पनी अमेरिकी निर्यात प्रतिबन्धका कारण संकटमा परेको बेला ट्रम्पले आफ्नो नीतिलाई पुनः उल्ट्याउने संकेत गरेका हुन् । जेड्टीइले ८० हजार व्यक्तिहरूलाई रोजगारी दिइरहेको बताइएको छ ।
चीन र अमेरिकाबीच यसै साताका लागि निर्धारित महत्त्वपूर्ण व्यापार वार्ताअघि ट्रम्पले चिनियाँ कम्पनीलाई बचाउन पहल गर्न निर्देशन दिएका हुन् ।
ट्विटरमा एउटा सन्देश लेख्दै ट्रम्पले चीनसँग उत्पन्न समस्या समाधान गर्नका आफूले चिनियाँ राष्ट्रपतिसँग वार्ता गरिरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed